Logo

भवानी कार्की

कार्तिक २५, २०८० शनिबार

स्तन क्यान्सर मनकुमारीले अस्पतालको शैंयाबाट मागिन् सहयोग


काठमाडौँ । भीमेश्वर नगरपालिका वडा नं ७ स्थित् मकैबारीकी मनकुमारी राईको स्तन क्यान्सर भएको छ । हाल काठमाडौँस्थित् शिक्षण अस्पतालमा उपचार भइरहेको उनको आर्थिक अभावका कारण सहयोगको अपील गरिएको हो ।

उनको स्तन वरपरको शरिरको भागमा समेत क्यान्सरले भेटिसकेको छ । यस्तो अवस्थामा उनको परिवारले उपचारका लागि कुनै कसर बाँकी राखेको छैन । परिवारको तर्फबाट हरसम्भव उपचारको प्रयास भइरहेको छ । तर यस्तो जटिल परिस्थितीमा उनको परिवार आर्थिक स्थीतिले धान्न नसक्ने अवस्थामा पुगेको छ । त्यसकारण मनकुमारीलाई यतीबेला सबैको सहयोगको खाँचो परेको छ ।

मनकुमारीको हाल काठमाडौँ स्थित् शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि दैनिक रुपमा खर्चको आवश्यकता पर्ने पारिवारले बामगती पेजलाई जनाएको छ । घरको आर्थिक क्षमता नधान्ने अवस्थामा पुगेपछि परिवारको आफ्नो सदस्यलाई बचाउन सबैले सकेको आर्थिक सहयोग गरिदिन मनकुमारीको परिवारले समेत अपिल गरेको छ ।

सहयोगका लागि

नेपाल बैंक दोलखा चरिकोट शाखा खाता न : 13001007269259000001
उद्दव मुंग्राती

नेपाल बैंक काठमाडौँ शाखा खाता न: 06401107576588000001
मनकुमारी राई मुंग्राती

सम्पर्क नं: 9844002030/ 9844283976

विरामीलाई प्रत्येक १४ दिनमा किमो दिनुपर्ने जनाईएको छ । एक पटक किमो दिँदा ३४ हजार लाग्ने भएका कारण उनको परिवारमा आर्थिक अभाव भएका कारण सहयोगको अपिल गरिएको हो ।