Logo

बागमती पेज

फाल्गुन २३, २०७९ मंगलबार

होलीको रंग कसरी हटाउने, यस्ता छन् घरेलु विधि ?


काठमाडौँ । होली खेलेर यसको गाढा रङ हटाउन सक्नु भएको छैन भने यस्ता घरेलु उपाय प्रयोग गरेर रङ हटाउन सकिन्छ । यसका लागि आवश्यक विधि यस्ता छन् । सुख्खा अबिरले खेलिएको छ भने त्यसलाई कपडाले पुछ्नुपर्छ, पानीले भिजाउनुहुँदैन । केशमा लागेको रंग हटाउनका लागि काइयोले कोरेर स्याम्पु प्रयोग गरी नुहाउनुपर्छ । रंग बिस्तारै हटाउनुपर्छ, छालामा रगड्नु हुँदैन ।

अनुहारमा लागेको रंग हटाउन तातोपानीको बाफ लिन सकिन्छ । यसले अनुहारको रोमछिद्र खुल्छ र रंग सजिलै हट्छ । घरेलु विधि के छ ? बेसनमा कागती र दूध मिसाएर पेष्ट बनाउनुपर्छ । त्यसलाई छालामा दलेर केही क्षण राख्ने र त्यसपछि बिस्तारै सफा पानीले धुनुपर्छ ।

मुलाको रस निकालेर त्यसमा दूध, बेसन र मैदाको मिश्रण बनाउने । यस्तो मिश्रणले सफा गर्दा छालामा चमक आउँछ । काँक्राको रसमा थोरै गुलाबजल राखेर सफा गर्न सकिन्छ ।