Logo

बागमती पेज

पुस ११, २०७८ आईतबार

बूढानीलकण्ठ-१० मा घुम्तिसेवा संचालन हुने


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा घुम्ति सेवा संचालन हुने भएको छ । पुस १२ गते वडाका विभिन्न ठाउँमा घुम्तिसेवा संचालन हुने भएको हो ।

टोल बस्तिमा पुगेर जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचयपत्र, र लैङ्गिक हिंसा सम्बन्धि परामर्श, विद्यालयहरुको अनुगमन, स्वास्थ्य चेकजाच तथा परामर्श तथा निःशुल्क औषधी वितरण, पशुपालन सम्बन्धि परामर्श एवं निःशुल्क औषधी वितरण, सामाजिक सुरक्षा तथा घटना दर्ता योजना सम्झौता लगायतका सेवा प्रदान गरिने वडाध्यक्ष नवराज भट्टराईले बताए ।

वडा भित्रका नागरिकलाई विभिन्न कामको लागि सहज सेवा उपलब्ध गराउँन घुम्तिसेवा संचालन गरिने उनको भनाई छ । नागरिकलाई घुम्ति सेवा मार्फत सेवा लिन वडाले आग्रह गरेको छ ।