Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

तीन करोड लिटर पानी हालेर भरिँदैछ रानीपोखरी…


काठमाडौं । रानीपोखरी ५ वर्षपछि पुनः भरिने भएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरिरहेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए।

Ranipokhari Bagmatimedia

यसअघि डिप बोरिङबाट पानी हालेपछि सम्पदा अभियान्ताले विरोध जनाएका थिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिँदैछ । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिने चरणमा पुगेको छ ।