Logo

बागमती पेज

असार २१, २०८१ बिहीबार

विद्यार्थीको रोजाईमा उत्कृष्ट ब्लुबर्ड


नेपालको शैक्षिक जगत्मा ललितपुरको निकै ठुलो महत्त्व देखिन्छ । ललितपुरको शैक्षिक केन्द्रका रूपमा विशेषतः कुमारीपाटी रहेको देखिन्छ । यहाँका शिक्षा प्रदायक संस्थाहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएको शैक्षिक संस्था हो ब्लुबर्ड ।

२०७२ सालमा नयाँ समूहले नेतृत्व लिएपछि यस संस्थाले शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान दिँदै आएको छ । यसको पुष्टि राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्दै आएको नतिजाबाट प्रष्ट हुन्छ । ब्लुबर्डबाट आफ्नो अध्ययनलाई अगाडि बढाएका विद्यार्थीले हरेक क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका चिकित्साशास्त्रको अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हिमाल रोका मगर, प्रीतिकुमारी दास, अभिनयका क्षेत्रमा भूमिका निर्वाह गर्ने नेरिसा महर्जन र रक्षा बुढाथोकी, चार्टर अकाउन्टेन्ट कैलाश दाहाल, पुल्चोक इन्जिनियरिङ कलेजमा छात्रवृत्तिमा अध्ययनरत ओमहरि यादव, क्रिकेटका क्षेत्रमा अब्बल देखिएका दीपक डुम्रे वर्तमानका केही मात्र उदाहरण हुन् ।

विज्ञ र अनुभवी शिक्षक

विगत दस वर्षदेखि फरक सोचका साथ यो संस्था अगाडि बढेको छ । निजी स्तरबाट शैक्षिक उन्नयनमा लागि परेका अध्यापकहरूको समूहले यसलाई सञ्चालन गर्दै आएको छ । दश वर्ष नपुग्दै नेपालका उत्कृष्ट केही संस्थाभित्र ब्लुबर्डले आफ्नो नाम राख्न सक्नुमा धेरै कुराले भूमिका निर्वाह गरेका छन्, तीमध्येको पहिलो यहाँका अध्यापकहरूको समूह नै हो । शिक्षक, अध्यापक भनेका सामाजिक इन्जिनियर हुन् । उनीहरूले नै समाजलाई रूपान्तरण गर्ने बाटो निर्माण गर्छन् । उनीहरूमा समाजमा मर्यादा, सदाचार, सद्भाव र सहअस्तित्वको भावना हुनुपर्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर यहाँका अध्यापकहरू अध्यापन गर्छन् ।

यहाँका अध्यापकहरू मन्त्रद्रष्टा ऋषिहरू झैँ विद्यार्थीको चौतर्फी विकासका लागि चिन्तनरत छन्, कर्मरत छन् । अधिकांश शिक्षकहरू पाठ्यपुस्तक र सन्दर्भ पुस्तकका लेखकहरू छन् । विषयविज्ञताले विद्यार्थीको सिकाइमा धेरै महत्व राख्छ । यसैको परिणति हालको ब्लुबर्ड हो । लामो समयको शैक्षणिक अनुभव भएका, विद्यावारिधिको उपाधि हासिल गरेका, तालिमप्राप्त र तालिम दिन सक्ने शिक्षकहरूबाट सञ्चालित भएकैले यस संस्थाले राम्रो नतिजा दिन सकेको छ । यहाँ शिक्षकहरूले विद्यार्थीको मनोदशालाई बुझेर शिक्षण गर्छन् । यहाँ विद्यार्थीलाई उत्तम र अधम भन्ने भावले हेरिँदैन । लैङ्गिक, जातीय, धार्मिक, वर्गीय आदि कुनै पनि भेद नराखी सबैमा समदृष्टि राखिने हुनाले विद्यार्थी खुसी भएर पढ्न तयार हुन्छन् ।

यस संस्थामा अनुशासनका लागि लौरो होइन, आत्मीयताको प्रयोग हुन्छ । शिक्षकले विद्यार्थीसँग मित्रवत् व्यवहार गर्छन् । त्यसैले ब्लुबर्डले मर्यादापालकको छुट्टै व्यवस्था गरेको छैन । शिक्षक भनेका मार्गदर्शक मातापिता हुन् भन्ने मान्यता ब्लुबर्ड राख्छ । त्यसैले यहाँका हरेक शिक्षकले आफ्ना सन्तानकै ठाउँमा राखेर विद्यार्थीलार्ई सिकाउँछन् । आत्मानुशासन विनाको सिकाइको अर्थ छैन, महत्ता छैन, उपयोगिता छैन, सान्दर्भिकता छैन । अनुशासन नै ज्ञान हो, सिप हो, कार्यदक्षता हो । मानवता हो, सहअस्तित्व हो, राष्ट्रियता हो । त्यसैले ब्लुबर्डले अनुशासनलाई केन्द्रमा राखेको छ र यो ब्लुबर्डको संस्कृति बनेको छ । अतः यहाँका विद्यार्थीले विविध क्षेत्रमा सफलता पाएका हुन् । ब्लुबर्ड ज्ञानको मन्दिर हो, सिपको मन्दिर हो, संस्कृतिको मन्दिर हो, खेलकुदको मन्दिर हो, नेतृत्वको मन्दिर हो । यी सबै कुराको विकासलाई ब्लुबर्डले जोड दिएको छ । विद्यार्थीको सर्वाङ्गीण विकास नै ब्लुबर्डको दृष्टिकोण हो, लक्ष्य हो । ब्लुबर्ड परिसरभित्र छिरेर अवलोकन गर्दा यस कुराको बोध सजिलै गर्न सकिन्छ ।

ब्लुबर्डको सफलताको अर्को कडी सामूहिक नेतृत्व हो । व्यवस्थापन, शिक्षक र विद्यार्थी, यी तीनै पक्षको सामूहिक नेतृत्वमा ब्लुबर्डमा शैक्षिक र अतिरिक्त क्रियाकलाप सञ्चालित छन् । हरेक कक्षामा प्रजातान्त्रिक पद्धतिबाट कक्षा प्रतिनिधि चुनिन्छन्, जसबाट विद्यार्थी परिषद्को निर्माण हुन्छ । यसले विद्यार्थीको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरेको छ । यस विद्यालयमा हुने हरेक क्रियाकलापमा विद्यार्थीले अगुवाइ गर्छन् अथवा भनौँ सम्पूर्ण अतिरिक्त क्रियाकलापको आयोजना र सञ्चालन विद्यार्थीबाटै हुन्छ । यसले विद्यार्थीको नेतृत्व क्षमताको विकास मात्र गरेको छैन, उनीहरूमा अभिभावकीय भूमिकाको विकास पनि गरेको छ । विद्यार्थी शारीरिक र मानसिक रूपमा सबल मात्र भएका छैनन्, उनीहरूमा सिर्जनात्मक क्षमताको र आलोचनात्मक गुणको पनि विकास भएको छ ।

ब्लुबर्ड विद्यार्थी केन्द्रित क्रियाकलाप सञ्चालन गर्ने शैक्षिक संस्था हो । समयानुकूल प्राविधिक ज्ञान र सिपयुक्त शिक्षक, व्यवस्थापक, विद्यार्थीमैत्री वातावरणले ब्लुबर्ड ललितपुरको कुमारीपाटीमा मात्र नभएर राष्ट्रभरि नै परिचित बन्न पुगेको छ । ब्लुबर्डले एक्काइसौँ शताब्दीका सिपलाई केन्द्रमा राखेर शिक्षाको राष्ट्रिय उद्देश्यको प्राप्तिमा अहम भूमिका निर्वाह गरेको छ । यस कुरालाई विभिन्न क्षेत्रमा विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धिबाट बुझ्न सकिन्छ ।