Logo

बागमती पेज

असार २७, २०८१ बुधबार

अन्तर्राष्ट्रिय अवार्डद्वारा जुगल नवगुरुकुल सम्मानित


काठमाडौँ । काठमाडौँको उत्तरी भेग बुढानीलकण्ठअन्तर्गत कपन क्षेत्रमा अवस्थित शिक्षा क्षेत्रकै नमुना जुगल नवगुरुकुल ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौँ इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत उत्कृष्ट शैक्षिक संस्थाको रूपमा अन्तर्राष्ट्रिय अर्वाडद्वारा सम्मानित भएको छ।

एक साताअघि प्रतिनिधि सभा सदस्य तथा उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्य एवं प्रसिद्ध अभिनेत्री जया प्रदाको विशिष्ट आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा काठमाडौँको र्‍याडिसन होटेलमा आयोजित एक समारोहमा जुगल नवगुरुकुलले उक्त अवार्ड प्राप्त गरेको हो ।

लामो समयदेखि शिक्षा क्षेत्रको मूल स्तम्भका रूपमा रही प्ले ग्रुपदेखि कक्षा १२ सम्मका कक्षाहरू सञ्चालन गरी बुढानीलकण्ठकै पहिलो ल कलेजको रूपमा इतिहास बोकेको उक्त संस्थाले नेपालको शैक्षिक उन्नयनमा अमूल्य योगदान पुर्‍याएको जनाइएको छ ।

समारोहमा उक्त शैक्षिक संस्थाका फाउन्डर प्रिन्सिपल रूपक लामिछानेले कार्यक्रमका विशिष्ट अतिथि जय प्रदाको हातबाट उक्त सम्मान ग्रहण गरेका थिए । सम्मानित भएपछि सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा प्रिन्सिपल लामिछानेले संस्थागत विद्यालयको अग्रणी संस्थाको रूपमा जुगल नवगुरुकुल अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको महसुस भएको बताए ।

जुगल नवगुरुकुलमा कक्षा ११ मा कानुन र व्यवस्थापन सङ्कायमा धमाधम भर्ना भईरहेको कुरासमेत जानकारी गराए ।