Logo

बागमती पेज

श्रावण ८, २०८१ मंगलबार

बागमतीमा मन्त्रालय भागबन्डाको सहमति, लामाले आजै दावी पेश गर्ने


हेटौंडा । बागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका छ्न् ।

१३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरि सहमति भएको छ । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

मन्त्रालयमा सहमति भएसँगै लामाले आज बिहान ११ बजेसम्ममा मुख्यमन्त्रीमा दावी पेश गर्ने काङ्ग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले बताए ।