Logo

बागमती पेज

जेष्ठ १०, २०७९ मंगलबार

सिन्धुलीको राजनीतिमा कमजोर बने पूर्व मन्त्री गणेश पहाडी !


काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएसँगै देशभरबाट विभिन्न स्थानीय तहमा सबै नेताहरुले आफ्नो वडा तथा पालिकामा पार्टी जिताउँन लागि परे । यसै क्रममा सिन्धुलीका स्थानीय तहको मत गणना सम्पन्न भएको छ ।

मत गणनाको नतिजा सार्वजनिक भएसँगै पूर्व मन्त्री समेत रहेका गणेश पहाडीले हार व्यहोर्न बाध्य भए । पर्याप्त समय दिन नसकेका कारण सिन्धुली जिल्लामा नेकपा एमालेको चुनावी माहोलमा धक्का लाग्यो ।

पूर्व मन्त्री समेत रहेका पहाडीले सिङ्गो जिल्ला समेट्न नसकेको नेकपा एमालेको आरोप छ । त्यसै कारण उनले आफ्नै वडामा समेत नेपाली कांग्रेसलाई विजयी गराए । आफ्नै वडाको जित हासिल गर्न व्यवस्था मिलाउन नसकेका नेता पहाडीको राजनीतिमा यसले ठुलो अर्थ राख्ने छ ।

आफ्नै वडामा समेत नेकपा एमालेले जित हासिल गर्न नसक्नु पछाडी उनको राजनीतिलाई महत्वपूर्ण रुपमा लिईएको छ । सिन्धुलीका ९ वटा पालिका मध्ये हाल नेकपा एमालले फिक्कल गाउँपालिकागोलन्जोर गाउँपालिका २ वटा पालिका हम्मे हम्मे हुँदै निर्वाचन जित्न सफल भयो ।

यस अघिको निर्वाचनमा जिल्लाका दुईवटै नगरपालिका मेयर र उममेयर समेत एमालेको नेतृत्वमा रहेको थियो । यस स्थानीय निर्वाचनमा गठबन्धन तर्फबाट हाल दुधौली नगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । त्यसैगरी कमलामाई नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गर्न सफल भयो ।

सत्तापक्षीय गठबन्धनले नेकपा माओवादी केन्द्र सिन्धुलीमा ठुलो शक्तिको रुपमा आएको छ । गठबन्धन नहुदा समेत जिल्लामा माओवादी केन्द्रको राम्रो सक्रियता थियो । हालभएको निर्वाचनबाट माओवादी केन्द्रले ४ वटा पालिका जित्न सफल भएको छ ।

स्थानीय तहको नतिजा हेर्दा नेपाली कांग्रेस जिल्लामा दोस्रो बनेको छ । नेपाली कांग्रेसले एक नगरपालिका र २ गाउँपालिका गरी ३ वटा स्थानीय तहमा जित हासिल गर्न सफल भयो ।

त्यसैगरी दुई वटा पालिकामा जित हासिल गर्न पुग्दा नेकपा एमाले जिल्लामा तेस्रो शक्तिका रुपमा रहेको छ ।

यस अघि भएको स्थानीय निर्वाचनमा जिल्लाका ९ पालिका मध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ३/३ वटा पलिका जितेका थिए ।