Logo

बागमती पेज

श्रावण ८, २०८१ मंगलबार

लायन्सको १०८ वर्षे इतिहासमै पहिलो पटक इन्टरनेशनल प्रेसिडेन्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न


काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ।

लायन्सको १०८ वर्षे इतिहासमै पहिलो पटक इन्टरनेशनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम विभिन्न १७ वटा क्लबहरूले संयुक्त रूपमा होस्ट गरेका हुन्। कार्यक्रममा फर्स्ट लेडी अमारीलेस एलिभेरा समेत उपस्थित रहेकी थिइन्। काठमाडौंको चुच्चेपाटीस्थित हायात होटलमा आयोजित कार्यक्रममा क्याबिनेट अफिसरहरूलाई इन्टरनेशनल पिन र प्रमाणपत्रहरू समेत वितरण गरिएको थियो।

सम्पन्न बैठकमा विभिन्न १५ वटा जिल्लाका डिष्ट्रिक्ट गर्भनर सहित झन्डै ७०० भन्दा बढी लायन लिडरहरूले उपस्थिति जनाएका थिए। वार्षिक चार वटा रेगुलर क्याबिनेट बैठक हुने गर्दछ।

साथै उक्त भव्य कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतान लगायत अन्य गण्यमान्य अतिथिहरूको गर्विलो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा अध्यक्षता डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतज्यूले गर्नुभएको थियो र विश्वमा नै यो वर्ष डिष्ट्रिक्ट हप्ता (District Week) मा सबैभन्दा बढी सेवा गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरी My Lion Portal मा रिपोर्टिङ गरेर डिष्ट्रिक्ट ३२५ ई पहिलो भएकोमा खुसी व्यक्त गर्दै सबैलाई साथ र सहयोगको लागि धन्यवाद पनि दिए।

अझ रोचक कुरा त, मल्टिपल कोअर्डिनेटर पास्ट डिष्ट्रिक्ट गभर्नर अनन्त प्रसाद भेटुवालले जब इन्टरनेशनल प्रेसिडेन्टको परिचय पोर्चुगिज भाषामा गराउँदा पूरै हल अचम्मित भएका थिए र उक्त परिचयको इन्टरनेशनल प्रेसिडेन्टले मुक्तकण्ठले प्रशंसा गरे। उनले साँच्चै डिष्ट्रिक्ट ३२५ ई ले सोचेभन्दा धेरै रेकर्ड राख्न सक्ने समेत बताए।