Logo

मेघनाथ पहाडी

श्रावण १०, २०८१ बिहीबार

बुढानीलकण्ठ नगर गौरवका सात योजना


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले सात वटा योजनाहरुलाई नगर गौरवका योजनाका रुपमा छनौट गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नगर विकास योजनाका रुपमा विभिन्न ७ वटा योजनाहरु गौरवका योजना उल्लेख गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाले २ वटा योजनाहरुलाई नगर स्तरीय आन्तरिक श्रोत, ४ वटा योजनालाई प्रदेश स्तरीय र १ योजनालाई आन्तरिक श्रोत तथा प्रदेश सरकार स्तरिय योजना रहेका नगर प्रमुख मिठाराम अधिकारीले बताएका छन् ।

यस्ता छन्, बुढानिलकण्ठ नगरपालिकाका गौरवका योजना
१। कपन ह्यान्डबल मैदान ५ करोड
२। कृषि बजार पूर्वाधार निर्माण २ करोड ५० लाख
३। साँस्कृतिक प्रतिष्ठान भवन निर्माण ४ करोड
४। खानेपानी योजना निर्माण व्यवस्थापन एवं साझेदारी ६ करोड
५। बस पार्क निर्माण २ करोड
६। बौद्धिक सम्मेलन र नलेज बैंक निर्माण १ करोड
७। बूढानिलकण्ठ खेल मैदान निर्माण ५ करोड

नगरका १६ वटा बहुवर्षीय योजना
नगरपालिकाले १६ वटा योजनाहरुलाई बहुवर्षीय योजनाका रुपमा राखेको छ । नेपाल सरकार समानीकरण अनुदानका रुपमा रहेका यी योजनाहरु मध्ये १ योजना चालु खर्च शिर्षकमा रहेको छ भने १५ योजनाहरु पुँजीगत खर्च शिर्षकमा रहेका छन् ।

यस्ता छन्, नगरका बहुवर्षीय योजनाहरु ?
१. हाउस नम्बरिंग परियोजना : १ करोड ५० लाख ( चालु खर्च )
२. वडा नं ३ कार्यालय भवन निर्माण : १ करोड ८० लाख (नेपाल सरकार समानीकरण अनुदान)
३. वडा नं ४ कार्यालय भवन निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)
४. वडा नं ६ कार्यालय भवन निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)
५. तल्लो खत्री पार्क निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)
६. गोल्फुटार फुटबल मैदान निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)
७. गोल्फुटार बास्केटबल कोर्ट निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)
८. युवा विकास केन्द्र भवन निर्माण : १ करोड (नेपाल सरकार समानीकरण अनुदान)
९. वडा नम १० कार्यालय भवन निर्माण : १ करोड ९० लाख (नेपाल सरकार समानीकरण अनुदान)
१०. इन्डोर ब्याटमिन्टन हल निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)
११. जङ्गला देवी पार्क निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)
१२. बहूदेस्यीय भवन निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)
१३. वडा नं १२ कार्यालय भवन निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)
१४. सवारी साधन खरिद : १ करोड २० लाख (नेपाल सरकार समानीकरण अनुदान)
१५. नगर अस्पतालको औसधि उपकरण रि टेन्डर : ४ करोड (नेपाल सरकार समानीकरण अनुदान)
१६. स्मार्ट सौचालय निर्माण : १ करोड (नेपाल सरकार समानीकरण अनुदान)