काठमाडौं । पूर्व सांसद तथा सर्जन डा. तोसिमा कार्कीले भनिन् कि उनी राजनीतिमा गालीगलौज सहन वा बदनाम हुन होइन, प्रत्येक नेपालीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आएकी हुन्।
“जिवनभर दुख गरेर पढेर, सपना र परिश्रमको लगानी गरेर डाक्टर बनेकी म, मेरो परिवारको सपनालाई तिलाञ्जली दिएर अश्लील गाली खान राजनीतिमा आएकी होइन,” उनले भनिन्।
डा. कार्कीका अनुसार खल्तीमा पैसा नभएकै कारण बिरामीले उपचार, औषधि र बेड नपाएको देख्दा आफूलाई गहिरो पीडा लागेको हो। “यो देशमा पैसाको अभावले बिरामी मर्नु नपरोस्, गरिबले पनि गुणस्तरीय उपचार पाओस् भन्ने मेरो लक्ष्य हो,” उनले जोड दिइन्।
उनले अन्तिम श्वाससम्म प्रत्येक नेपालीको स्वास्थ्य अधिकारका लागि लड्ने प्रतिवद्धता व्यक्त गर्दै सबैलाई साथ र समर्थनको आह्वान गरेकी छन्।
















प्रतिक्रिया दिनुहोस्