Logo

बागमती पेज

भाद्र १५, २०८० शुक्रबार

“जब तिम्रो ऐना बुढो भयो” कविता संग्रह बजारमा


काठमाडौँ। प्रा. डा. ओम सिटौलाद्वारा लिखित कविता संग्रह “जब तिम्रो ऐना बुढो भयो”को लोकार्पण गरिएको छ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको उपस्थितिमा गत मंगलबार पुस्तकको लोकार्पण गरिएको हो ।

ओम भानुवाद स्मृति प्रतिष्ठान प्रकाशक रहेको सो कविता संग्रहलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो । कविता संग्रहमा ३८ वटा कविता समावेश गरिएका छन् । पुस्तकको मूल्य १५० रुपैयाँ तोकिएको छ ।

पुस्तकमा प्रेमिल, जीवनसाथी तथा यौवनका बारेमा लेखिएका कविताहरू संग्रहित गरिएको प्राध्यापक सिटौलाले बताए । उमेर बित्दैमा बुढो भइँदैन भन्ने कुरा नै पुस्तकको शीर्षकको मूल मर्म रहेको उनले सुनाए । प्राध्यापन तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका डा. सिटौलाको यो पहिलो साहित्यिक कृति हो ।