काठमाडौँ । बुधबार दिउँसो रसुवाको स्याफ्रेबेसीका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेका पाइलट हुन अरुण मल्ल । उनले ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका थिए । उनी अनुभवी पाइलट समेत थिए । तर उनी आकासमा उड्दाउड्दै अस्ताउन पुगे । उनको परिवारमा दुई छोरी र श्रीमती छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने ठाउँमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको हो ।
हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको हो। १ जना महिला र ४ जना पुरुष सवार हेलिकप्टरका सबै मृतकको शव निकालिएको र पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीले जानकारी दिए।
पाइलट मल्ल ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका अनुभवी पाइलट हुन्। उनले कर्णाली एयररको हेलिकप्टरबाट उडान थालेका हुन्।
मल्ल काठमाडौँकै स्थानीय हुन्। उनको परिवारमा श्रीमती र दुई छोरी छन्।
नागरिक उड्डययन प्राधिकरणका अनुसार हेलिकप्टर उडेको तीन मिनेटमै सम्बन्ध विच्छेद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्