हेटौंडा । हेटौंडा उपमहानगरपालिका-९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ ।
बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
दमकल र प्रहरीको टोलीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको भण्डारीले बताए ।
आगलागीबाट इन्भर्टर ब्याट्री ४ थान, ब्याट्री पावर सप्लाई १ थान, वाइफाई राउटर १ थान, कार्पेट- गलैचा १ थान, जिप्सन १०/५ को क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्