Logo

बागमती पेज

भाद्र १२, २०८१ बुधबार

प्रचण्डको गाडीमा आखिर किन राखियो आरजुलाई ?


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत धनगढी ओर्लिने भएपछि एयरपोर्टमा नेता कार्यकर्ताहरुले भरिभराउ थियो । प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा हम्मे हम्मे परेको थियो ।

एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो । बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो । हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो ।

अक्क नबक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा बसायो ।

यसैबिच भीड व्यवस्थापनमा रहेको प्रहरी प्रशासन चुकेको पाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको उपस्थित रहेको स्थानमा प्रहरीले भीड व्यवस्थापन तथा भीआईपीहरुलाई उचित स्थानमा ९आ–आफ्नो गाडी०मा लैजान केही चुकेको देखिएको हो ।