Logo

बागमती पेज

भाद्र १३, २०८१ बिहीबार

चलचित्र विकास बोर्ड अध्यक्षमा तीन जना सिफारिस, दिनेश डिसीको उच्च सम्भावना


काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतको जानकारी अनुसार दिनेशराज दाहाल (दिनेश डिसी), दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका हुन् ।

सिफारिस समितिले यी तीनजनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसामु सिफारिस गरेको स्रोतले जनायो । सिफारिस गरिएका यी तीनमध्ये कुनै एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

जानकारहरुका अनुसार तीन जना मध्ये दिनेश डिसीको सम्भावना उच्च रहेको छ ।