काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा जारी महिला लिगको दोश्रो चरणको खेलमा एपिएफ क्लबले बागमती क्लबमाथि सानदार जित निकेलेको छ । बागमती युथ क्लबलाई एपिएफले ५-१ गोल गर्दै हराएको हो ।
पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन् भने सोहि खेलमा एपिएफकी सविता राना मगर र अनिता केसीले समान १ गोल गरे ।
बागमतीका लागि पुष्पा कुमारी खड्काले १ सान्त्वना गोल गरिन् । पहिलो चरणको लिगमा पनि एपिएफले बागमतीलाई पराजित गरेको थियो ।
अन्तिम चरणमा बागमतीको भने यो लगातार दोस्रो हार हो । बागमती पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्