काठमाडौं । नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । लामो समय राष्टिय तथा अन्तराष्टिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । सामाजिक व्यक्तित्व घिमिरेलाई युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट तेजू लाल चौधरीले नयाँ प्रमुख आक्युत नियुक्त गरेका हुन् ।
मन्त्री चौधरीले विभिन्न विवादमा मुछीएका निवर्तमान प्रमुख आयुक्त महेन्द्र राज रंजीतलाई गैह्रकानूनी रूपमा नियुक्ती लिएर संस्था लाई बिगारेको आरोपमा हटाएर उक्त स्थानमा घिमिरेलाई नियुक्त गरेका हुन् ।
पछिल्लो समय नेपाल स्काउटलाई विवादै विवादमा पारेर मनोमानी गरेको भन्दै मन्त्री चौधरी र निवर्तमान प्रमुख आयुक्त रंजीत विच दुरी बडेको थियो । यसैविच नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्रले समेत रंजीतको नियुक्ति कानून सम्मत नभएकाले निजको नियुक्ति वदर गरी कानून बमोजिम अर्को व्यक्तिलाई नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएका थिए । सोही निर्देशनलाई आधार मानि मिति २०८१/११/०५ को मन्त्री स्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन् ।
घिमिरेसंगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेकाछन् । नियुक्त हुनेमा इन्दु सुबेदी, कमल बहादुर देउजा, भुवन सुब्बा, सन्तोष कुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् । यो नियुक्तिसंगै पछिल्लो समय नेपाल स्काउटमा बड़ेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा आम स्काउटहरुमा आशा जागेको छ ।
प्रतिक्रिया दिनुहोस्