Logo

बागमती पेज

फाल्गुन १०, २०८१ शनिबार

जन उद्धारमा हस्तलेखन प्रदर्शनी सम्पन्न


काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चामा अवस्थित उद्धारमा माध्यमिक विद्यालयमा हस्तलेखन प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १ देखि ७ सम्मका छात्र छात्रा सहभागी भएका थिए । कार्यक्रमको विशेष कुरा विद्यार्थीहरूले आफै अनुभव गरेको उनीहरूको अक्षर हस्तलेखन कक्षा लिनुभन्दा अगाडि कस्तो थियो र अहिले हस्तलेखनको कक्षा लिएपछि कस्तो भएको छ भन्ने विषय थियो।

लामो समय हस्तलेखनको कक्षा लिए पश्चात् अक्षर सुधार भएको देख्न सकिन्छ। आजको प्रदर्शनीद्वारा हामीले विगतमा भन्दा धेरै भिन्नता र सुधार भएको देखेका थियौं। हस्तलेखनको कक्षा लिएर विद्यार्थीहरूलाई सुधार गर्ने मौका बाल बिकास एनसिएमएयस प्रालीद्वारा भएको थियो ।

हस्तलेखन प्रदर्शनीद्वारा ठूला कक्षामा अध्ययनरत विद्यार्थीहरूले पनि प्रेरणा पाएका थिए । अन्तिममा प्रधानाध्यापकले प्रदर्शनीको बारेमा केही भनाइ राखेर कार्यक्रम समापन गरेका थिए । – रुबी बोहरा