Logo

बागमती पेज

बैशाख १९, २०८२ शुक्रबार

दहचोक रिक्रिएशनल सेन्टर उद्घाटन


काठमाडौं । दहचोक रिक्रिएशनल सेन्टरको भव्य उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख श्री घनश्याम गिरीको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा उपप्रमुख श्रीमती बसन्ती श्रेष्ठ, चन्द्रागिरी प्याब्सनका अध्यक्ष सरोज महर्जन, चन्द्रागिरी नगरपालिका वडा नं. १ का अध्यक्ष हरिश्याम राना, राष्ट्रिय अनुसन्धान विभागका एआईजी टेकेन्द्र कार्की, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

अध्यक्ष रुकमणी भण्डारीले तपाईंहरुको अपार प्रेरणा र हौसला प्रदान गरेको छ, जसले आगामी दिनहरूमा अझ ठूलो लक्ष्य हासिल गर्ने ऊर्जा दिएको धारणा व्यक्त गरिन्।

स्विमिङ पुल, स्केट पार्क, रेष्टुराँ तथा पार्टी प्यालेस उद्घाटनको अवसरमा तपाईंहरूको उपस्थिति हामी सबैका लागि प्रेरणादायी रह्यो। तपाईंहरूको अमूल्य सहयोग र विश्वासप्रति हामी गहिरो आभार व्यक्त गर्दछौं, उनले भनिन्, हामीले भविष्यमा पनि तपाईंहरूको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा राख्दछौं।

साथै, यो परियोजना सफल बनाउन विशेष योगदान दिनु भएका रामकृष्ण तण्डुकार प्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईंको निःस्वार्थ सहयोग र समर्पणप्रति शब्दहरूले मात्र धन्यवाद दिन अपूर्ण लाग्छ। तपाईंप्रति हृदयदेखि आभार व्यक्त गर्दछौं।