Logo

बागमती पेज

बैशाख २५, २०८२ बिहीबार

भारत-पाकिस्तान युद्धबारे माओवादीद्वारा सरकारको धारणा माग 


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत–पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाएका हुन्।

उनले भने, ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु।’

भारतको आक्रमणपछि त्यसको कडा जवाफ दिने पाकिस्तानको चेतावनीबीच पनि सार्क अध्यक्ष रहेको नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।