Logo

बागमती पेज

श्रावण १९, २०८२ आईतबार

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा राजीनामा


काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ्ले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नु भएको छ । हेटौडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाले आफूले पदबाट राजीनामा दिएको बताउनु भएको हो ।

उहाले भोलि नै आफूले प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने पनि उल्लेख गर्नु भयो । यसैबीच प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आहवान गरेपछि नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले आफूले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने बताउनु भएको छ ।

२०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिनु भएका बहादुर सिंह लामाले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज पदबाट राजीनामा दिनु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उहाले जानकारि दिनुभयो ।

मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सुनाउनु भएको थियो ।