चितवन- मानिसहरु बेला बेला बनभोज जाने रमाइलो गर्ने गरेको त सुन्दै देख्दै आएको छ । देशको मुख्य पर्यटकीय नगरी चितवनको शौराहामा भने हात्तीको बनभोज कार्यक्रम आयोजना गरिएको छ । बन बातवारण संरक्षण र स्थानीय पर्यटनको आधार मान्दै हत्तीलाई बनभोज खुवाइएको हो ।
निजी घरपालुवा तथा सरकारी हात्तिलाइृ बाघमारा मध्यवर्ती वनमा सामुहिक वनभोज कार्यक्रम आयोजना गरियो जहाँ हेर्ने हजारौ पर्टकहरुको भिड लागेको थियो ।
बनभोज कार्यक्रममा हात्तीलाई चामल र भेलीबाट बनाइएको केक खुवाइएको थियो । उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरवुजा सहितको मिस्ठान्न परिकारमा हात्ती रमाएका थिए । बनभोजमा ६० बटा हात्तीको जमघट थियो । चितवन राष्ट्र निकुञ्जका प्रमुख संरक्षण अधिकृतडा. गणेश पन्तले हात्तीका छावालाई सख्खर र फलफुलबाट बनाइएको केक खुवाएर हात्तीको वनभोज सुरुवात गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्