Logo

बागमती पेज

भाद्र १, २०८२ आईतबार

बिपिन जोशीका आमा र बहिनीको इजरायली राष्ट्रपतिसँग भेटघाट


काठमाडौँ । हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्।

नेपाली कृषि विद्यार्थी बिपिन जोशीलाई हामास आतंकवादीहरूले अक्टोबर ७, २०२३ मा इजरायलको किबुत्ज़ अलुमिमबाट बन्धक बनाएको थियो। त्यसपछि उनी हालसम्म बेपत्ता छन् । उनको रिहाइको माग गर्दै हाल विपिनको बहिनी र आमा इजरायलमै छन् । इजरायलीहरुले उनीहरुको पक्षमा साथ दिइरहेका छन् । इजरायलका मिडियाहरुलेपनि उनीहरुको साथ दिइरहेका छन् ।