रुपन्देही । बुवाआमालाई उपचारका लागि दाङको अस्पताल ल्याएका रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीका मनबहादुर वलीले दुवैलाई बचाउन सकेनन् ।
आफैं गाडीमा राखेर ल्याएका उनले एक दिनको अन्तरमा आमा र बुवा दुवैलाई गुमाएपछि ठूर्लोे विपत्ति आइलागेको छ ।
घर नजिकैको जंगली च्याउ खाएर गम्भीर बिरामी परेका ती दम्पत्तीले एक दिनको अन्तरमा ज्यान गुमाएपछि मनबहादुरलाई एकैपटक विपत्ति आइलागेको हो ।
साउन २७ गते परिवर्तन गाउँपालिका वडा नं २ राङसी गाउँका ती वृद्ध दम्पतीले जंगलबाट ल्याएको च्याउ पकाएर खाएको दिन विरामी परेका थिए । उनीहरुको उपचारमा क्रममा मृत्यु भएको हो ।
गाउँबाट गम्भीर अवस्थामा दाङ ल्याएर उपचार गराइरहेका उनीहरुको एक दिनको फरकमा मृत्यु भएको र सँगै पोष्टमार्टम तथा अन्त्येष्टि पनि दाङमै गरिएको परिवर्तन गाउँपालिक २ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार र आइतबार मृत्यु भएको हो ।
घटना विवरणअनुसार ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले साउन २७ मा च्याउ खाएका थिए ।
जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएपछि नजिकै प्राथमिक उपचार गरिएपनि ठीक नभएपछि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । शनिबार राति प्रतिष्ठानमा ल्याइएका उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो ।
साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्