वालिङ । असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म वालिङ–१३, उदियाचौरमा भव्य रूपमा उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ आयोजना हुने भएको छ। स्थानीय धार्मिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि आयोजना गरिने यो महोत्सवलाई सफल बनाउन विभिन्न समिति र उप–समिति गठन गरी तयारी तीव्र पारिएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रम सफल पार्न उपस्थित हुने सम्पूर्ण महानुभावहरूलाई आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, हरेक उप–समितिलाई आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय योगदान दिन आग्रह समेत गरिएको छ।
यसै अवसरमा, कार्यक्रमका लागि ब्यानर सौजन्य गर्ने सगरमाथा कम्प्युटर, वालिङ, फोटो तथा भिडियो सौजन्य गर्ने युनिक डिजिटल फोटो तथा भिडियोग्राफी, वालिङ, र कार्यक्रम स्थलमा सहभागीहरूलाई चियापान तथा फलफूलको व्यवस्था मिलाइदिने दुर्गा भगवती मन्दिर, वालिङ–१३, उदियाचौर तथा श्री जगदिश पाठक प्रती आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।
धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई अझ प्रगाढ बनाउने उद्देश्यसहित आयोजना गरिएको यस महामेलाले वालिङ क्षेत्रको गौरव बढाउने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्