काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा अर्का उम्मेद्वार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ पाएका छन् ।
सेजनको महासचिवमा कमलकुमार बस्नेत निवार्चित भएका छन् । बस्नेतले १३९ मत पाउँदा प्रत्यासी अच्युत पुरीले १०४ मत ल्याएका छन् ।
त्यस्तै सेजनको कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले १३३ मत ल्याउदा उनको प्रत्यासी ममता थापाले १०८ मत ल्याइन ।
सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भैसकेका छन् ।
सेजनको सदस्यहरूमा अर्जुन तामाङ १४१ , कमल धिताल १८५ , भोजराज भण्डारी १४६ , राजु बास्कोटा १५९ र सिमा तामाङ १६२ निर्वाचित भएका छन् ।
सेजनको २७ औँ अधिवेशन तथा साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्