काठमाडौं । सेप्टेम्बर ९ मा भएको पीडादायी घटनाले सम्पूर्ण नेपालीको मन चकनाचुर बनाएको छ। महिला उद्यमिनी संघका सदस्यहरू पनि यस दुःखद क्षणमा निकै विचलित भए। महिनौँदेखि गरिएको तयारी, उत्साह र उमंग सबै थामिन बाध्य भए।
तर समयसँगै उद्यमिनीहरूले बुझ्न थाले — जीवन रोकिँदैन। देशले भोगेको क्षतिलाई आत्मसात गर्दै, महिलाहरूले फेरि आत्मबल बटुलेका छन्। कठिन परिस्थितिमा पनि केही आशा र उज्यालो दिन सक्ने प्रयास गर्न जरुरी ठानेर, संघले “बडादशैं मेला – २०८२” आयोजना गर्ने निर्णय गरेको छ।
यस मेलाले उद्यमिनीहरूलाई आम्दानी मात्र होइन, दुःखित मनलाई खुसी र रमाइलोको स्पर्श दिने उद्देश्य राखिएको छ। विगतका दिनहरूमा दशैं आउँदा गाउँ–टोल, परिवार र समाजमा जाग्ने उत्साहलाई फेरि जीवित राख्ने लक्ष्य मेलाले लिएको छ।
महिला उद्यमिनी संघका अनुसार, मेलामा सहभागी भएर उद्यमिनीहरूको हात समाउनु र दुःखलाई बिर्सेर खुशी बाँड्नु नै सबैभन्दा ठूलो सहयोग हुनेछ। संघले महिनौँदेखि लगनसहित तयारी गरिरहेको छ र मेलामा सबैलाई सहभागिताको आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्