Logo

बागमती पेज

९ मंसिर २०८२, मंगलबार

फेरील्याण्डको ऐतिहासिक सफलता: ओपीएस आठौँ अन्तरविद्यालयीय बास्केटबल प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रदर्शन


फेरील्याण्डको ऐतिहासिक सफलता: ओपीएस आठौँ अन्तरविद्यालयीय बास्केटबल प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रदर्शन

काठमाडौं । ओपीएस आठौँ अन्तरविद्यालयीय बास्केटबल प्रतियोगिता–२०८२ मा फेरील्याण्ड विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न शीर्षकमा उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रतियोगितामा वरिष्ठ बालिका समूहले पहिलो स्थान प्राप्त गर्दै उपाधि हात पारेको छ। सुरुवातदेखि अन्तिम खेलसम्म टोलीले देखाएको अनुशासित, रणनीतिक र आत्मविश्वासपूर्ण खेल प्रदर्शनले प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै विजय सुनिश्चित गरेको विद्यालयले जनाएको छ।

यस्तै, कनिष्ठ बालक समूहले प्रतियोगितामा दोस्रो उपविजेता बन्न सफल भएको छ। उनीहरूको निरन्तर अभ्यास, अनुशासन र दृढता यस उपलब्धिको मुख्य आधार रहेको प्रशिक्षक टोलीले बताएको छ।

व्यक्तिगत विधातर्फ फेरील्याण्डका करुणा बोगटी उत्कृष्ट खेलाडी (एमभीपी) घोषित भएकी छन्। त्यस्तै, खुश्बु मगर सर्वश्रेष्ठ तीन अंककर्ता बन्न सफल भएकी छन्। यी उपलब्धिहरूले विद्यालयका खेलाडीहरूको प्रतिभा तथा मेहनतलाई देशव्यापी रूपमा उजागर गरेको विद्यालयले जनाएको छ।

फेरील्याण्डको सफलता हासिल गर्न प्रशिक्षक टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयले विशेषगरी वरिष्ठ प्रशिक्षक नारायण खवासको निरन्तर मार्गदर्शन र प्राविधिक नेतृत्वले टोलीलाई उच्चस्तरीय खेल प्रदर्शन गर्न मद्दत गरेको जनाएको छ।

विद्यालयले आगामी दिनमा पनि खेल क्षेत्रमा निरन्तर उत्कृष्टता कायम राख्ने विश्वास व्यक्त गरेको छ।