Logo

बागमती पेज

१० मंसिर २०८२, बुधबार

नमोबुद्धमा ‘ज्ञान मन्दिर’को विधिवत् अभिषेक तथा उद्घाटन


नमोबुद्धमा ‘ज्ञान मन्दिर’को विधिवत् अभिषेक तथा उद्घाटन

काभ्रे जिल्लाको शान्त र प्राकृतिक सुन्दरता भरिएको टेकु–नमोबुद्धको डाँडामा निर्माण गरिएको ‘ज्ञान मन्दिर’ आज एक विशेष समारोहका बीच विधिवत् अभिषेक तथा उद्घाटन गरिएको छ।

प्रकृतिको काखमा स्थापित यो आश्रम ज्ञान, सेवा र ध्यानमार्फत साधकहरूलाई प्रेरित गर्ने एक प्रमुख आध्यात्मिक केन्द्रका रूपमा प्रस्तुत गरिएको छ। यसमार्फत हजारौँ साधकहरूले आन्तरिक शान्ति, आध्यात्मिक उन्नति तथा समाजसेवामा योगदान गर्ने अपेक्षा गरिएको छ।

यस पवित्र परियोजनालाई साकार पार्न एपेक्सका सदस्य श्री राजेश प्रधान तथा श्रीमती नीवा प्रधानले गरेको समय, समर्पण र निरन्तर प्रयासलाई समारोहमा उच्च सम्मानका साथ उल्लेख गरिएको थियो। गुरुदेवप्रतिको उहाँहरूकै गहिरो श्रद्धा र ‘आर्ट अफ लिभिङ’को ध्येय–मन्तव्यप्रतिको प्रतिबद्धताले नेपालमा एक अद्वितीय आध्यात्मिक सम्पदा स्थापना गर्न सकिएको आयोजकहरूले बताएका छन्।

उद्घाटन समारोहमा विभिन्न आध्यात्मिक प्रशिक्षक, साधक तथा स्थानीय समुदायका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा ज्ञान मन्दिरको उद्देश्य, भावी योजना तथा साधन–अभ्यासका कार्यक्रमबारे विस्तृत जानकारी दिइएको थियो।