बारा । “योगदान राष्ट्रको लागि” भन्ने नाराका साथ निजगढमा निःशुल्क मुटुरोग परीक्षण शिविर सञ्चालन हुने भएको छ। आगामी २०८२ मंसिर १२ गते, शुक्रबार, बिहान ७:०० बजेदेखि श्री गौरीशंकर क्याम्पस, निजगढ–९ मा शिविर सञ्चालन गरिने आयोजकले जनाएको हो।
शिविरका लागि आवश्यक प्राविधिक सहयोग नेशनल मेडिकल कलेजले प्रदान गर्नेछ। मुटु सम्बन्धी समस्या पहिचान, प्राथमिक स्वास्थ्य परीक्षण, सल्लाह–परामर्श तथा आवश्यक भएमा उपचारतर्फ मार्गदर्शन जस्ता सेवा शिविरमार्फत उपलब्ध गराइने बताइएको छ।
स्वास्थ्य परीक्षणका लागि स्थानीय बासिन्दालाई उपस्थित भई लाभ लिन कार्यक्रम संयोजक रामहरी खरेलले आग्रह गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्