रिभर बैंक जंगल रिसोर्टले विभिन्न पदका लागि कर्मचारी माग्यो
चितवन — भरतपुर–२२ पथानीस्थित रिभर बैंक जंगल रिसोर्टले विभिन्न विभागका लागि नयाँ कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको छ। आतिथ्य क्षेत्रको सेवास्तर विस्तार र व्यावसायिक व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले रिसोर्टले दक्ष तथा अनुभवी जनशक्ति भर्ना गर्न लागेको हो।
रिसोर्टले एफ एण्ड बी सेवा, फुड प्रोडक्सन तथा सेल्स–मार्केटिङ विभागका लागि पद खुला गरेको छ। एफ एण्ड बी सेवा तर्फ एफ एण्ड बी म्यानेजर, होस्टेस र वेट्रेस माग गरिएको छ। त्यस्तै खाद्य उत्पादनतर्फ एक्जेक्युटिभ शेफ, सीडीपी (भारतीय किचन) तथा डीसीडीपी (बेकरी) पदका लागि आवेदन आह्वान गरिएको छ।
यससँगै काठमाडौंस्थित कार्यालयका लागि डीओएसएम, सेल्स एण्ड मार्केटिङ म्यानेजर र सेल्स एक्जेक्युटिभ पदका लागि पनि योग्य उम्मेदवार खोजिएको रिसोर्टले जनाएको छ।
इच्छुक व्यक्तिले आफ्नो बायोडाटा [email protected] मा इमेलमार्फत पठाउन सक्नेछन्।
अधिक जानकारीका लागि रिसोर्टको वेबसाइट riverbankjungleresort.com.np मा हेर्न सकिने जनाइएको छ।
रिसोर्टले पर्यटन तथा आतिथ्य क्षेत्रप्रति रुचि राख्ने, अनुभव सम्पन्न र जिम्मेवारीपूर्वक काम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने बताएको छ।
















प्रतिक्रिया दिनुहोस्