शुक्र अस्त सुरु : मंसिर २७ देखि माघ १५ सम्म शुभ कार्य गर्न निषेध
काठमाडौं। मंसिर २७ गतेदेखि शुक्र ग्रह अस्त हुने भएकाले माघ १५ गतेसम्मका करिब ५० दिनलाई शास्त्रमा अशुभ काल मानिँदै आएको छ। ज्योतिषीय गणनाअनुसार शुक्र अस्त अवधिमा विभिन्न प्रकारका शुभ कार्य, नयाँ प्रारम्भ र धार्मिक विधिविधानहरू निषेध गरिएका छन्।
ज्योतिषशास्त्रका अनुसार यस अवधिमा नयाँ ब्रत सुरु गर्नु, भाकल बुझाउनु, नयाँ सवारी साधन वा घर–जग्गा किनमेल गर्नु अशुभ मानिन्छ। त्यस्तै, नयाँ घरको जग हाल्ने, विवाह, ब्रतबन्ध, गृहप्रवेश, देव–देवीको प्राणप्रतिष्ठा जस्ता कार्य पनि गर्न नहुने उल्लेख छ।
शास्त्रीय ग्रन्थअनुसार शुक्र अस्तकालमा निम्न कार्यहरू बर्जित छन्—
कुवा–इनार खन्नु
घर–निर्माण वा अन्य निर्माणकार्य सुरु गर्नु
गृहआरम्भ तथा गृहप्रवेश
नयाँ ब्रत सुरु वा ब्रत समापन
सोमयज्ञ, न्वागी, दीक्षा–मन्त्र ग्रहण
बालबालिकाको केशान्त
विवाह, ब्रतबन्ध लगायतका शुभ कर्म
पहिलो पटक तिर्थयात्रा तथा लामो दूरीको यात्रा
पहिलो पटक एकादशी ब्रत वा स्वस्थानी ब्रत प्रारम्भ
















प्रतिक्रिया दिनुहोस्