Logo

बागमती पेज

२५ मंसिर २०८२, बिहिबार

गोकर्णेश्वर नगरपालिकामा ३ महिने कुक तालिमका लागि आवेदन आह्वान


गोकर्णेश्वर नगरपालिकामा ३ महिने कुक तालिमका लागि आवेदन आह्वान

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले नगरवासीहरूलाई लक्षित गरी तीन महिना अवधिको कुक (Cook) तालिममा सहभागी हुनका लागि आवेदन आह्वान गरेको छ।

स्थानीय युवाहरूलाई रोजगारीमुखी सीप प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाको आर्थिक सहकार्यमा यो तालिम सञ्चालन हुन लागेको हो। यस तालिममा श्री एभरेष्ट एड्भेन्चर एण्ड टुरिजम होटल ट्य्रानिङ सेन्टर प्रा.लि. ले सहकार्य गर्नेछ।

आवेदन प्रक्रिया र समयसीमा

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले तोकिएको मापदण्ड पूरा गरी १५ दिनभित्र नगरपालिकाको समाजिक विकास शाखा–नागरिकता शाखामा आवेदन दर्ता गराउनु पर्नेछ।

तालिममा सहभागी हुन आवश्यक योग्यता

तालिमका लागि निम्न योग्यताहरू तोकिएका छन्:

  • गोकर्णेश्वर नगरपालिकाको स्थायी बसोबास भएको हुनुपर्ने।
  • कम्तीमा एस.एल.सी./एस.ई.ई. उत्तीर्ण गरेको हुनुपर्ने।
  • उमेर १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने।

निवेदनका साथ संलग्न कागजातहरू

आवेदन दिँदा निम्न कागजातहरूको प्रतिलिपि संलग्न गर्नुपर्नेछ:

  • नागरिकता / राष्ट्रिय परिचयपत्र / बसोबास सराइ प्रमाण–प्रतिलिपि
  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
  • सम्पर्क नम्बर तथा Email ID

नगरपालिकाले यो तालिमले स्थानीय युवाहरूलाई होटल तथा पर्यटन क्षेत्रमा रोजगार पाउन सहज हुने विश्वास व्यक्त गरेको छ।