काठमाडौं — ठमेलस्थित प्रतिष्ठित होटल मानाङले आगामी नयाँ वर्षको अवसरमा विशेष “न्यू इयर इभ सेलेब्रेशन” कार्यक्रम आयोजना गर्ने भएको छ। डिसेम्बर ३१ अर्थात् नयाँ वर्षको पूर्वसन्ध्यामा हुने सो कार्यक्रममा आकर्षक सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, लाइभ बीबीक्यू र स्वादिष्ट बुफे डिनरको व्यवस्था गरिएको होटलले जनाएको छ।
कार्यक्रममा सहभागी हुन चाहनेका लागि शुल्क प्रति व्यक्ति रु. २,९९० र प्रति जोडी रु. ४,९९० तोकिएको छ। सहभागीहरूले अनलिमिटेड स्न्याक्स, कम्प्लिमेन्टरी ड्रिङ्क्स, र एक्सक्लुसिभ गिफ्ट भाउचरहरू समेत पाउनेछन्।
सांगीतिक प्रस्तुतिका साथै सांस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षलाई उत्साहपूर्वक स्वागत गर्ने तयारी गरिएको होटलले जनाएको छ। कार्यक्रमको मुख्य प्रायोजकमा जनी वाकर, बाराही सिङ, डाबर, र भेस्पर रहेका छन्।
होटल मानाङ, ठमेलले सन् १९९० देखि पर्यटक तथा स्थानीय अतिथिलाई उच्चस्तरीय आतिथ्य सेवामार्फत सेवा दिँदै आएको छ। नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो विशेष कार्यक्रमले सहभागीहरूलाई रमाइलो, स्वादिष्ट र यादगार अनुभव दिलाउने अपेक्षा गरिएको छ।
अधिक जानकारीका लागि इच्छुकहरूले होटलको सम्पर्क नम्बरहरू ९८५१०५२६८५, ९७७१४७०००४७, र ४७००३३३ मा सम्पर्क गर्न सक्नेछन्।
















प्रतिक्रिया दिनुहोस्