चुनिखेलस्थित नौलिन माध्यमिक विद्यालयमा ‘आर्ट अफ लिभिङ’द्वारा एक घण्टे ध्यान सत्र सम्पन्न
काठमाडौं — विश्व ध्यान दिवसको अवसरमा शुक्रबार काठमाडौंको चुनिखेलस्थित नौलिन माध्यमिक विद्यालयमा आर्ट अफ लिभिङ नेपालद्वारा एक घण्टे विशेष ध्यान सत्र सम्पन्न भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीहरूले मानसिक शान्ति, आत्मिक सन्तुलन र सकारात्मक सोचको गहिरो अनुभव गरेका छन्।
कार्यक्रमको संचालन आर्ट अफ लिभिङ प्रशिक्षक श्रीमती रमा रायमाझीले गर्नुभएको थियो। विद्यालयका प्राचार्य श्री विष्णु श्रेष्ठ, समन्वयक श्री बसन्त श्रेष्ठ र श्री अनुप श्रेष्ठले कार्यक्रम व्यवस्थापन तथा समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
प्राचार्य विष्णु श्रेष्ठले ध्यान सत्रका बारेमा प्रतिक्रिया दिँदै भने, “शिक्षा केवल ज्ञान दिने माध्यम मात्र होइन, विद्यार्थीको मानसिक र भावनात्मक सन्तुलन पनि उतिकै जरुरी छ। ध्यानले विद्यार्थीहरूलाई केन्द्रित, अनुशासित र आत्मविश्वासी बनाउँछ।”
त्यसैगरी, समन्वयक बसन्त श्रेष्ठले भने, “हामीले शैक्षिक विकाससँगै विद्यार्थीहरूको मानसिक सशक्तिकरणमा पनि ध्यान दिन थालेका छौं। आर्ट अफ लिभिङको सहयोगमा गरिएको यो कार्यक्रम विद्यार्थीहरूको आत्मिक उन्नतिका लागि उपयोगी हुनेछ,” भन्दै कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे।
सत्रमा कक्षा १० का ३९ जना, कक्षा ९ का ७५ जना, कक्षा ८ का ५२ जना, र कक्षा ७ का ६० जना विद्यार्थीहरू सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले सत्रपछि आफूहरूलाई हलुका, ऊर्जावान र एकाग्र महसुस गरेको बताएका थिए।
कार्यक्रममा स्वयंसेवकका रूपमा श्री सरोजराज श्रेष्ठले सहयोग गर्नुभएको थियो, जो सोही विद्यालयका सन् २०६२ सालका एसएलसी ब्याचका विद्यार्थी हुन्। उहाँले भने, “आफ्नै विद्यालयमा सेवा गर्न पाउनु गौरवको कुरा हो। ध्यानले जीवनमा शान्ति र स्पष्टता ल्याउँछ, र विद्यार्थीहरूले यो अभ्यास निरन्तर गर्न सके उनीहरूको जीवनमा ठूलो परिवर्तन आउँछ,” भन्दै आर्ट अफ लिभिङको सन्देश सबैमा फैलाउन आग्रह गर्नुभयो।
प्रशिक्षक रमा रायमाझीले ध्यानलाई “जीवनको विज्ञान” भन्दै प्रत्येक दिन केही मिनेट ध्यान गर्न आग्रह गर्दै सत्र समापन गर्नुभयो।
कार्यक्रमले विद्यालय समुदायमा मानसिक स्वास्थ्य, आत्म–शान्ति र सकारात्मक जीवनशैली प्रति नयाँ चेतना जागृत गरेको विद्यालय प्रशासनले जनाएको छ।
सत्रमा कक्षा १० का ३९ जना, कक्षा ९ का ७५ जना, कक्षा ८ का ५२ जना, र कक्षा ७ का ६० जना विद्यार्थीहरू सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले सत्रपछि आफूहरूलाई हलुका, ऊर्जावान र एकाग्र महसुस गरेको बताएका थिए।
कार्यक्रममा स्वयंसेवकका रूपमा श्री सरोजराज श्रेष्ठले सहयोग गर्नुभएको थियो, जो सोही विद्यालयका सन् २०६२ सालका एसएलसी ब्याचका विद्यार्थी हुन्। उहाँले भने, “आफ्नै विद्यालयमा सेवा गर्न पाउनु गौरवको कुरा हो। ध्यानले जीवनमा शान्ति र स्पष्टता ल्याउँछ, र विद्यार्थीहरूले यो अभ्यास निरन्तर गर्न सके उनीहरूको जीवनमा ठूलो परिवर्तन आउँछ,” भन्दै आर्ट अफ लिभिङको सन्देश सबैमा फैलाउन आग्रह गर्नुभयो।
प्रशिक्षक रमा रामाझीले ध्यानलाई “जीवनको विज्ञान” भन्दै प्रत्येक दिन केही मिनेट ध्यान गर्न आग्रह गर्दै सत्र समापन गर्नुभयो।
कार्यक्रमले विद्यालय समुदायमा मानसिक स्वास्थ्य, आत्म–शान्ति र सकारात्मक जीवनशैली प्रति नयाँ चेतना जागृत गरेको विद्यालय प्रशासनले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्