Logo

मेघनाथ पहाडी

१४ माघ २०८२, बुधबार

गगनको पक्षमा माहोल: सर्लाहीका प्रदेशसभा उम्मेदवारसहित ४ अध्यक्ष कांग्रेस प्रवेश


काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई जिताउन भन्दै सर्लाहीमा प्रदेशसभा उम्मेदवारसहित चार जना वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेपछि थापाको पक्षमा देशभर सकारात्मक राजनीतिक माहोल बन्दै गएको छ। यही क्रममा बहुजन पार्टीबाट प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाहासहित गोडैता नगरपालिकाका वडा नम्बर १, २, ५ र ११ का वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन्।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ‘ख’ प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेपछि थापाको पक्षमा देशभर सकारात्मक राजनीतिक माहोल बन्दै गएको छ। यही क्रममा बहुजन पार्टीबाट प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाहासहित गोडैता नगरपालिकाका वडा नम्बर १, २, ५ र ११ का वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन्।

बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा सभापति थापाले उनीहरूलाई पार्टीमा स्वागत गरे। कांग्रेस प्रवेश गर्ने वडाध्यक्षहरू विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधि हुन्।

थापाको स्पष्ट भिजन, नेतृत्व क्षमता र विकासको एजेन्डाले प्रभावित भएर कांग्रेस प्रवेश गरेको उनीहरूको भनाइ छ। यसअघि पनि सर्लाही–४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव कांग्रेसमा प्रवेश गरिसकेका छन्।

देशभर गगन थापाको उम्मेदवारीलाई लिएर उत्साह र समर्थन बढ्दै गएको कांग्रेसको दाबी छ।