Logo

मेघनाथ पहाडी

१६ माघ २०८२, शुक्रबार

ब्लूबर्ड स्कुल एण्ड कलेजको वार्षिक खेलकुद सम्पन्न


काठमाडौं । ब्लूबर्ड स्कुल एण्ड कलेजले आफ्नो वार्षिक खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन ब्लूबर्ड स्कुल एण्ड कलेजका कार्यकारी प्रमुख बीएस क्षेत्रीले शिक्षासँगै खेलकुदको महत्व अपरिहार्य रहेको बताए। उनले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

खेलकुद अन्तर्गत दौड, लङ जम्प, हाई जम्प, रिले दौड, फुटबल, भलिबल, बास्केटबललगायत विभिन्न प्रतियोगिता सञ्चालन गरिएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको समापन कुमारीपाटीस्थित टाइटन जिममा आयोजित क्लोजिङ सेरेमनीमार्फत गरिएको थियो। समापन समारोहका प्रमुख अतिथि टाइटन जिमका सञ्चालक तथा अन्तर्राष्ट्रिय बडीबिल्डिङ रेफ्री सुनिलराज राजकर्णिकार रहेका थिए।

समापन समारोहमा फुटसल, भलिबल, चेस, टेबल टेनिस, ब्याडमिन्टन, पुश–अप, चिन–अप, बेन्च प्रेस, वेटलिफ्टिङ र आर्म रेसलिङका प्रतियोगिताहरू समेटिएका थिए। विजेताहरूलाई जर्सी, नगद पुरस्कार, ट्रफी, मेडल, उपहार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम गतिविधि संयोजक जितेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको विद्यालयले जनाएको छ। विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।