काठमाडौं । फिक्कल गाउँपालिकाद्वारा सञ्चालित फिक्कल अस्पतालको सञ्चालन तथा व्यवस्थापन सहयोगका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आज अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुशील प्रसाद नेपालको संयोजकत्वमा आएको चार सदस्यीय टोलीलाई गाउँपालिका अध्यक्ष पार्बती सुनुवार, प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगर, वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर रजन मगर, तथा स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुयाल लगायत जनप्रतिनिधि र अस्पताल कर्मचारीले स्वागत गरेका छन्।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष पार्बती सुनुवारले अस्पतालमा भएका समस्या र आवश्यकताका आधारमा थप व्यवस्थित बनाउन केही आशा र अपेक्षा छ रहेको भन्दै जिल्लाकै उत्कृष्ट अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताईन् ।
प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरले सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक पूर्वाधार व्यवस्थापन गुणस्तरीय रहेको भन्दै औजार उपकरण र अस्पताल संचालन खर्च आवश्यक रहेको जनाए ।
निरीक्षण टोली संयोजक सुशील प्रसाद नेपालले अस्पताललाइ आवश्यकता अनुसार मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आवश्यक डिजिटल एक्स्रे मेसिन लगायतका स्वास्थ सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
फिक्कल अस्पताल ०८१ कार्तिक २३ बाट सुचारु भई हाल २ जना मडिकल अधिकृत सहित १८ जनाले सेवा प्रदान गरेको छ । हाल विमारीको चाप र सेवा प्रति दिन प्रतिदिन बृदि भएको छ। यस किसिमको निरिक्षण तथा अनुगमनले अस्पतालमा सेवा गर्न झन हौसला मिलेको स्वास्थ साखा प्रमुख फुयालको भनाइ छ ।
वडाध्यक्ष टेकबहादुर रजन मगरले छिटो छरितो र सहज सेवा दिंदै फिक्कल अस्पताललाई थप सुदृढ बनाउन अस्पताल टिमलाई आवश्यक सहजीकरण गर्ने धारणा राखे ।
जिल्लाकै अग्लो स्थानमा रहेको यो अस्पतालमा भौगोलिक बिकटता भएपनि शान्त, सुन्दर वातावरणमा अवस्थित भएकाले बिरामी त्यहाँ पुगेपछि आनन्द र सकारात्मक महसुस हुने भएकाले आत्मविश्वास बढ्ने र छिटो निको हुन सहयोग पुग्नेछ।
















प्रतिक्रिया दिनुहोस्