Logo

बागमती पेज

३ फाल्गुन २०८२, आइतबार

बालेनको नेतृत्वको महानगर, नारा सुशासनको, बेरुजुमा पहिलो नम्बर


बालेन शाहको नेतृत्वमा काठमाडौं महानगरपालिकाले वित्तीय अनुशासन कायम गर्न नसकेको तथ्याङ्कले पुष्टि गरेको छ ।

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०र०८१ मा मुलुकका ६ वटा महानगरपालिकाहरूमध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमै देखिएको छ ।

प्रतिवेदन अनुसार, महानगरको कुल २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख रूपैयाँ बेरुजु देखिएको हो । यो आँकडाले बालेनको कार्यकालमा आर्थिक पारदर्शिताभन्दा बढी प्रक्रियागत र वित्तीय त्रुटिहरू भएको स्पष्ट पारेको छ । अन्य महानगरपालिकासँग तुलना गर्दा काठमाडौंको अवस्था निकै चिन्ताजनक छ ।