Logo

मेघनाथ पहाडी

९ फाल्गुन २०८२, शनिबार

विकास र सुशासनको सारथि: काठमाडौं-२ मा मणिराम फुयाँलको बलियो दाबेदारी


Maniram Phuyal ktm-2 bagmatipage

काठमाडौं निर्वाचन क्षेत्र नं. २ को समग्र विकास र समृद्धिको खाकासहित नेकपा (एमाले) का प्रभावशाली नेता मणिराम फुयाँल प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।

शालीन स्वभाव र बौद्धिक व्यक्तित्वका धनी फुयाँलले यस क्षेत्रको भूगोल, संस्कृति र स्थानीय आवश्यकतालाई नजिकबाट बुझेका छन्। विगतमा प्रदेश सभा सदस्यका रूपमा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका उनले यसपटक ‘सुशासन, समृद्धि र समाजवाद’लाई मुख्य आधार बनाउँदै आफ्ना योजनाहरू अघि सारेका छन्।

भाषणमा भन्दा ठोस काम र सकारात्मक परिणाममा विश्वास गर्ने फुयाँलको उम्मेदवारीले यस क्षेत्रका मतदातामा नयाँ आशा जगाएको छ। फुयाँलको प्रमुख प्राथमिकतामा यस क्षेत्रको जीर्ण सडक पूर्वाधारको स्तरोन्नति र आधुनिक विकास रहेको छ।

उनले साँखु-जहरसिंह पौवा-नाङ्ग्लेभारे जस्ता रणनीतिक सडकहरूको निर्माण सम्पन्न गर्ने, जडिबुटी क्षेत्रको जटिल ट्राफिक जाम व्यवस्थापनका लागि प्राविधिक अध्ययनसहितको वैकल्पिक मार्ग निर्माण गर्ने र कोटेश्वर-तीनकुने क्षेत्रमा आकर्षक सार्वजनिक पार्क निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

यसका साथै, मेलम्ची सुरुङ मार्गको वैकल्पिक निर्माण र थली-साँखु सडक खण्डको पूर्णताका लागि नेतृत्वदायी भूमिका खेल्ने उनको संकल्प छ, जसले यस क्षेत्रको यातायात र जीवनस्तरमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

पूर्वाधारका अतिरिक्त सामाजिक र पर्यटकीय विकासमा पनि फुयाँलको उत्तिकै जोड छ। ऐतिहासिक बज्रयोगिनी, मणीचुड र जहरसिंह पौवा जस्ता धार्मिक एवं प्राकृतिक स्थलहरूलाई पर्यटकीय हबका रूपमा विकास गरी स्थानीयको आयआर्जन बढाउने उनको योजना छ।

शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार र स्थानीय अस्पतालहरूको स्तरोन्नति गर्ने एजेन्डालाई उनले प्राथमिकतामा राखेका छन्।

भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी जीवनशैली र जनताप्रति उत्तरदायी नेतृत्व नै आफ्नो मूल मन्त्र भएको बताउँदै फुयाँलले फागुन २१ को निर्वाचनमा ‘सूर्य’ चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातालाई अपिल गरेका छन्।