Logo

बागमती पेज

११ फाल्गुन २०८२, सोमबार

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते


काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ मा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

सोमबार बिहान भएको यस दुर्घटनामा बस सडकबाट अनियन्त्रित भई नदीमा खसेको थियो। हाल घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने र बेपत्ताहरूको खोजी गर्ने कार्य तीव्र रूपमा गरिरहेका छन्।