सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुनः माधव सापकोटा ‘सुबोध’ लाई उम्मेदवार बनाएको छ ।
जनयुद्धको पृष्ठभूमिबाट आएका सापकोटा यसअघिको कार्यकालमा एक ‘उदाहरणीय र सक्रिय’ सांसदको छवि बनाएर फेरि चुनावी मैदानमा उत्रिएका हुन् ।
वि.सं. २०७९ को निर्वाचनमा विजयी भएदेखि २०८२ भदौसम्मको ३३ महिनामा सापकोटाले संसद्मा ९५ प्रतिशतभन्दा बढी उपस्थिति जनाएका छन् ।
उनले कुल ११६ पटक संसदलाई सम्बोधन गर्दै तातोपानी नाका सञ्चालन, अरनिको राजमार्गको स्तरोन्नति र जुरे पहिरो पीडितलाई राहत वितरण जस्ता महत्वपूर्ण स्थानीय मुद्दाहरू उठाएका थिए । उनले संसद्मा सम्पत्ति विवरण बुझाउने पहिलो सांसद बनेर पारदर्शिताको नमुना समेत पेश गरे ।
उम्मेदवार सापकोटाले आफ्नो कार्यकालमा नेपालमै पहिलो पटक “विद्यालयमा सांसद, संसद्मा विद्यार्थी” नामक अभियान चलाए । यस अन्तर्गत उनले दुई दर्जन विद्यालयका कक्षाकोठामा पुगेर विद्यार्थीहरूलाई संविधान र संसदीय व्यवस्थाबारे प्रत्यक्ष जानकारी दिए भने करिब एक दर्जन विद्यालयका विद्यार्थीलाई संसद् भवनमै लगेर बैठकको प्रत्यक्ष अवलोकन गराए ।
सापकोटाले राष्ट्रिय राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गरे, संयुक्त राष्ट्रसंघ (न्यूयोर्क): २०८० मा नेपालको तर्फबाट दिगो विकास लक्ष्यबारे सम्बोधन ।
जलवायु सम्मेलन (बंगलादेश र इन्डोनेसिया): दक्षिण एसियाली मुलुकहरूबीच जलवायु असर न्यूनीकरणका लागि सहकार्यको प्रस्ताव । स्वच्छ वायुका लागि सांसद समूह: अन्तर्राष्ट्रिय सञ्जालको सह-अध्यक्षका रूपमा भूमिका ।
सिन्धुपाल्चोकका बासिन्दाले सापकोटालाई ‘दुःखको साथी’ का रूपमा चिन्छन् । २०७२ को भूकम्प, जुरे र लिदीको पहिरो, कोभिड महामारी, र २०८१ को भीषण वर्षाका बेला उनी तत्काल राहत र उद्धारमा सक्रिय रहेका थिए ।
जुगल हिमालका चुचुराहरू आरोहणका लागि खुला गराउनु र बन्द रहेको तातोपानी नाका कूटनीतिक पहलबाट खुलाउनु उनको कार्यकालका प्रमुख सफलता मानिन्छन्।












प्रतिक्रिया दिनुहोस्