Logo

बागमती पेज

१८ फाल्गुन २०८२, सोमबार

रंगसँगै फैलियोस् प्रेम र सद्भाव – लुम्बिनी प्यालेस रिसोर्ट


होली विशेष: लुम्बिनी प्यालेस रिसोर्टद्वारा हार्दिक शुभकामना व्यक्त
रुपन्देही । रंगहरूको महान पर्व होलीको अवसरमा लुम्बिनी प्यालेस रिसोर्ट, रुपन्देहीले सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
रिसोर्टले एक शुभकामना सन्देश जारी गर्दै होली पर्वले आपसी सद्भाव, प्रेम, एकता र भाइचाराको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेको छ। सन्देशमा उल्लेख गरिएको छ, “रंगहरूको यो पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो रंग भरियोस्।”
रिसोर्ट व्यवस्थापनले होलीलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्दै यस पर्वले समाजमा सकारात्मक ऊर्जा र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण वातावरणमा अवस्थित लुम्बिनी प्यालेस रिसोर्टले विभिन्न पर्व तथा विशेष अवसरमा सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै आएको जनाएको छ।