सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नं. २ को मतगणना यतिबेला निकै रोमाञ्चक मोडमा पुगेको छ।
मरिण, सुनकोशी, घ्याङलेख, हरिहरपुरगढी तथा कमलामाई नगरपालिकाका १, २ र ३ वडासहितको मतगणना जारी रहँदा चुनावी मैदानमा निकै उत्साहजनक प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो प्राप्त मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १२,७९५ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई कायम राखेका छन्।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले ८,९२१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका दाहालसँगको मतान्तरलाई ३,८७४ मा झारेका छन्। पछिल्लो गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरिरहेको मतको प्रकृतिले सिन्धुलीको चुनावी परिणामलाई थप कौतुहलपूर्ण बनाएको छ।
अन्य प्रतिस्पर्धीहरूमा नेकपा एमालेका मनोजजंग थापा ७,६३३ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेपाली काँग्रेसकी सुशीला थिङले ५,३६० मत प्राप्त गरेकी छिन्।
पुराना राजनीतिक शक्ति र नयाँ वैकल्पिक शक्तिबीचको यो टक्करले सिन्धुलीका मतदातामा अब कसले बाजी मार्ला भन्ने निकै चासो र चर्चा बढाएको छ। अहिलेसम्मको मत हेर्दा फराकिलो मतान्तरले दाहालले नतिजा हात पार्ने देखिन्छ ।












प्रतिक्रिया दिनुहोस्