काठमाडौं । ओखलढुंगाको मतपरिणाम निकै रोचक मोडमा पुगेको छ। नेपाली कांग्रेसका कुमार लुईटेलले भारी मतले अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका लुईटेल ५,०४७ मतका साथ पहिलो स्थानमा सुरक्षित देखिएका छन्।
सुरुमा अग्रता लिएकी एमालेकी अस्मिता थापा अहिले ३,७०६ मतसहित तेस्रो स्थानमा खुम्चिन पुगेकी छिन्। लुईटेल र थापाबीचको यो मतान्तरले ओखलढुंगामा कांग्रेसको पकड बलियो हुँदै गएको संकेत गरेको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बिश्व राज पोखरेलले ४,०९१ मत प्राप्त गर्दै लुईटेललाई पछ्याइरहेका छन्। उनले एमाले उम्मेदवार थापालाई समेत उछिनेर दोस्रो स्थान कब्जा गरेका छन्। नेकपाका उम्मेदवार अम्बिर बाबु गुरुङ भने २,६३९ मतका साथ चौथो स्थानमा रहेका छन्।
सुरुवाती अग्रता गुमाएपछि एमाले वृत्तमा केही निराशा देखिएको छ भने कांग्रेसका लुईटेलको निरन्तर बढ्दो ग्राफले उनका समर्थकहरूमा उत्साह थपेको छ।
पछिल्लो ताजा अपडेटले ओखलढुंगामा चुनावी समीकरण पल्टिएको प्रस्ट पारेको छ।












प्रतिक्रिया दिनुहोस्