Logo

बागमती पेज

फाल्गुन २८, २०८१ बुधबार

बिपी राजमार्ग अन्र्तगत सिन्धुली सडकको ठेक्का आह्वान


काठमाडौँ । बिपी राजमार्ग अन्तर्गत् नेपालथोकदेखि बर्खेखोला पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ।

गत असोज १० देखि १३ गतेसम्मको बाढी पहिरोले क्षतिग्रस्त तुल्याएको यो पुनर्निर्माण गर्न सडक डिभिजन खाल्टेले बुधबार ठेक्का आह्वान गरेको हो।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार करिब ७२ करोडको ठेक्का आह्वान भएको छ। यो ठेक्का ३० दिनमा खोलिनेछ।