काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले समाजवाद निर्माणका लागि माओवादी आन्दोलनलाई अझ सशक्त र एकताबद्ध बनाउनु जरुरी रहेको बताएका छन्।
सचिव श्रेष्ठले माओवादी केवल एक थान पार्टी नभई युगीन आन्दोलन भएको स्पष्ट पारे। उनले भने, “यो आन्दोलन कमजोर भयो भने हजारौंको बलिदान र लाखौंको त्यागबाट प्राप्त उपलब्धिहरू गुम्न सक्छन्।”
श्रेष्ठका अनुसार अहिले आन्तरिक र बाह्य शक्तिहरू मिलेर माओवादी आन्दोलनलाई कमजोर पार्ने प्रयासमा लागेका छन्। यतिबेला हामी एकजुट हुँदै सजक बनेर पार्टी र मुख्य नेतृत्वलाई आवश्यक साथ र सहयोग गर्नुपर्छ ।
यस्तो अवस्थालाई विफल पार्न पार्टीभित्र बृहत्तर जनवादको जगमा मुख्य नेतृत्वको वरिपरि पार्टीलाई केन्द्रीकृत गर्नुपर्नेमा सचिव श्रेष्ठको जोड छ।
“प्राप्त उपलब्धिको जगमा टेकेर शीघ्र समाजवाद निर्माणको आधार तयार गर्नु आजको मुख्य कार्यभार हो, त्यसका लागि सुस्पष्ट विचार, राजनीतिक कार्यदिशा, सक्षम नेतृत्व र बलियो संगठन आवश्यक छ, जुन हामीसँग सापेक्षिक रूपमा उपलब्ध छन्।”
उनले पार्टीभित्रको अन्तर्बिरोधलाई ‘एकता–संघर्ष–रूपान्तरण’ को सार्वभौम नियमअनुसार सकारात्मक ऊर्जामा बदल्दै पार्टीलाई अझ सशक्त बनाउनु पर्ने बताए।
प्रतिक्रिया दिनुहोस्