सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा कार्कीको चुनावी माहोल निकै आक्रामक बनेको छ। एमाले, कांग्रेस लगायतका पुराना दलप्रतिको असन्तुष्टिबीच कार्कीको घरदैलो अभियानले गाउँ-गाउँमा नयाँ आशा जगाएको छ।
पुराना नेताहरू शक्ति प्रदर्शनमा व्यस्त रहँदा नितिमा भने जनताको आँगनमा पुगेर सुशासन, निःशुल्क स्वास्थ्य र सीपमूलक शिक्षाको एजेन्डा स्थापित गरिरहेकी छन्। स्थानीयका अनुसार अन्य दलका उम्मेदवारको तुलनामा शिक्षित र सेवाभावले भरिएकी नितिमाको पक्षमा बलियो जनलहर देखिएको छ।
भ्रष्टाचारमुक्त प्रशासन र प्रत्यक्ष जवाफदेहिता।, कृषिमा आधुनिकीकरण र किसानलाई मल-बिउको सुनिश्चितता।, युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर। “यसपटक अनुहार होइन, एजेन्डा र इमानदारी रोज्ने हो,” घरदैलोका क्रममा कार्कीले भनिन्। युवा र महिलाको पहिलो रोजाइ बनेकी नितिमाको बढ्दो प्रभावले सर्लाही–१ मा यसपटक ‘घण्टी’ को नतिजा उत्साहजनक हुने देखिएको छ।
घरदैलोका क्रममा उम्मेदवार कार्कीले भनिन्, “म यहाँ आश्वासन बाँड्न होइन, तपाईंहरूको सेवक बन्न आएकी हुँ। इमानदार मन र जनताप्रतिको साँचो माया नै मेरो राजनीतिक पुँजी हो।” उनले विकास, विश्वास र उज्यालो भविष्यका लागि घण्टी चिन्हमा मतदान गर्न सम्पूर्ण क्षेत्रबासीलाई आग्रह गरेकी छन्।
नितिमाको उम्मेदवारीले विशेष गरी युवा र महिला मतदाताहरूमा नयाँ आशा जगाएको छ। “स्वदेशमै रोजगारी र घर फर्किने अभियान” जस्ता एजेन्डाले वैदेशिक रोजगारीमा रहेका युवाका परिवारहरूमा सकारात्मक प्रभाव पारेको छ। अन्य दलका उम्मेदवारहरू भन्दा काँधमा काँध मिलाएर हिँड्न सक्ने र जनताको कुरा सुन्ने शैलीले गर्दा उनको चुनावी माहोल अन्यको तुलनामा निकै माथि पुगेको विश्लेषण गर्न थालिएको छ।












प्रतिक्रिया दिनुहोस्