Logo

बागमती पेज

आश्विन १९, २०७७ सोमबार

किवानिज क्लबका अध्यक्ष बस्नेतले अनाथलाई खाना खुवाएर जन्मदिन मनाईन्


काठमाडौं । किवानिज क्लब सिन्धुपाल्चोक २०२०/२१ का अध्यक्ष सुमित्रा बस्नेतले जन्मदिनमा अनाथलाई खाना खुवाउँदै आफ्नो कार्यकालको शुभारम्भ गरेकी छन् ।

अध्यक्ष बस्नेतले जन्मदिनको अवसरमा काठमाडौंको कागेश्वरी नगरपालिका मनोहरा-९ स्थित शृजनशिल बालसेवा परिवारमा रहेका अनाथ बालबालिकाहरुलाई खाना खुवाई आफ्नो कार्यकालको शुभारम्भ गरेकी हुन्।

विगत देखिनै सामाजिक क्षेत्रमा सकृय रहदै आएकी अध्यक्ष बस्नेतको जन्मदिनमा २०२०/२१ का डिष्ट्रिक सल्लाहकार तथा निवर्तमान प्रदेश ३ इस्ट एलटी-गभर्नर नारायण बहादुर राउत, सदस्य राजिबमान सिंह बस्नेत, हिमालय सिमा पार ब्यापार संघका सचिव सुजित बस्नेत लगाएतको सहभागिता थियो ।